बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यवसायीका समस्या सुन्दै कांग्रेस

व्यवसायीका समस्या सुन्दै कांग्रेस


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७९, बुधबार

पोखरा/ नेपाली कांग्रेस कास्कीले बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो दबाब, चर्को ब्याजदर, जग्गा लिलामीको धम्की, तारन्तारको ताकेताको मारमा परिरहेका उद्योगी/व्यवसायीसँग छलफल गरेको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालको अध्यक्षतामा अलग–अलग स्थानमा भएका दुबै छलफलमा व्यवसायीहरुले बैंकको कारण व्यवसायी तथा ऋणीहरु विक्षिप्त अवस्थामा पुगेको गुनासो गरेका कास्की कांग्रेसका प्रवक्ता विश्वशंकर पालिखेले जानकारी दिए ।

व्यवसायीले बैंकको ब्याजदर एक अंकमा झार्नुपर्ने माग गरेका छन् । कोरोनाकाल पछि आर्थिक अवस्था ज्यादै कमजोर भएको र बैंकको तनाब थेग्न नसक्ने अवश्थामा पुगेको सहभागीले बताए । आर्थिक कारोबार नहुनु, भएको पनि पर्पाप्त नहुनु, आर्थिक मन्दी बढिरहनु र धितोमा रहेका घरजग्गा लिलामी गर्छु भन्ने बैंकको धम्कीले आफुहरु कठीन अवस्थामा पुगेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मूल्मीले बैंक वित्तीय संस्थाको मनपरीतन्त्रलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तगा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध कठोर भएर अगाडी बढ्ने बताए ।नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालले पर्यटन व्यवसायी तथा उद्योगी व्यवसायीलाई परेको मर्का र मागका बारेमा ऐक्यबद्धता जनाउँदै नियमनकारी निकाय, सरकार, राष्ट्र बैंक तथा दलका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->