बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अपाचेको अन्तर्राष्ट्रिय मार्की राइड

अपाचेको अन्तर्राष्ट्रिय मार्की राइड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७९, बुधबार

पोखरा/ अपाचे मोटरसाइकल चलाउनेहरुको समूह अपाचे ओनरस् ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्ने भएको छ । फागुन ११ गते बिहीबार बाट सुरु हुने अपाचे ओनरस् ग्रुप (एओजी) को माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले जनाएको छ । मोटरसाइकलको प्रवद्र्धन गर्न सो जगदम्बा मोटर्सले अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो ।

कम्पनीका अनुसार यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौंबाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५ सय किलोमिटर लामो हुने अनुमान गरिएको छ । मानिस र मशीनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश गरिने जगदम्बा मोटर्सको भनाइ छ । कार्यक्रमका लागि ५ सयभन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका छन् ।

काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने कम्पनीले जनाएको छ । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->