नवलपुर / गैंडाकोटबाट प्रहरीले ठूलो परिमाणमा रासायनिक मल बरामद गरेको छ । चामलको बिल बनाएर ढुवानी हुँदै गरेको मल बुधवार बिहान नारायणी पुल नजिकैबाट प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तीन लाख ५५ हजार ६०० रुपैंया मुल्य बराबरको अबैध मल, ढुवानीमा प्रयोग भएको ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ । प्रहरी सूचना अधिकारी सन्तोष पाठकका अनुसार १सय ४ बोरा युरिया र ७६ बोरा डिएपी गरी १८० बोरा मल बरामद भएको हो ।
प्रहरीले युरियाको १ लाख पैतीस हजार २०० र डिएपीको २ लाख २० हजार ४०० रुपैंया मुल्यांकन गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७०२४ नम्वरको मिनीट्रकमा ढुवानी भएको रासायनिक मल चेकजाँचका क्रममा नियन्त्रणमा लिईएको जनाईएको छ । २ सय बोरा चामलको बिल बनाएर रासायनिक मल ढुवानी गरेको पाईएको प्रहरीले जनाएको हो ।





