बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आँबुखैरेनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने

आँबुखैरेनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७९, बिहिबार

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने जानकारी दिएको हो ।

आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ । योजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग नै बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको हो ।

उनका अनुसार दिउँसोको भन्दा रातिमा सवारीको चाप कम हुने हुँदा रातको समयलाई प्राथमिकतामा राखिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले आशातित गति समाउन सकेको छैन ।

आँबुखैरेनी-पोखरा ८० किलोमिटर सडक खण्डलाई दुई भागमा बाँडेर सडक विस्तारको काम थालिएको झण्डै डेढ वर्ष बितिसकेको छ । तर, प्रगति भने जम्मा ११ प्रतिशतको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->