बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण

चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७९, शनिबार

पोखरा/ वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा-२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गरे । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा लामो समय सेवा गरेका चालिसेले त्यहाँका भोगाई तथा अनुभवलाई पुस्तकमा उतारेका छन् ।

महानगरलाई व्यवस्थित एवम् प्रभावकारी बनाउनका लागि चालिसेका भोगाई तथा अनुभव भावी दिनका लागि प्रेरक बन्ने उनको भनाइ छ । कस्केली अधिकृत समाजका सल्लाहकार एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष दुर्गाबहादर शाहʿबाबाʾले महानगरका सेवाकालीन भोगाई तथा अनुभवलाई समेटेर तयार पारिएको पुस्तक पोखराको सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि पनि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले महानगरपालिकाको विगतदेखि बर्तमानसम्मका गतिविधिहरूलाई नियाल्नका लागि पुस्तक महत्वपूर्ण बन्ने बताउँदै महानगरभित्रका कमीकमजोरी सुधार्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि पनि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

पुस्तकको समीक्षा गर्दै साहित्यका असफल गौतमले विगतदेखि वर्तमानसम्मको पोखरा, यहाँ भएगरेका गतिविधि पुस्तकमा समेटिएको बताए । पोखरा महानगरबारे बुझ्न चाहने र यहाँको अध्ययन अनुसन्धान गर्नेका लागि पनि यो पठनीय हुने उनको भनाइ थियो ।

कस्केली अधिकृत समाजका सल्लाहकार कृष्णकान्त सिग्देल, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल, सदस्य एवम् पोखरा महानगरपालिका वडा नं ३ का वडा सचिव चन्द्रवती वाग्ले, पुस्तकका लेखक वसन्तप्रसाद चालिसे, पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदास, पोखरा महानगरपालिकाका लेखा अधिकृत जयराम पौडेल लगायतले पुस्तकका सम्बन्धमा चर्चा गरेका थिए ।
पोखरा महानगरपालिकामा २०३९ सालदेखि २०७६ सालसम्म सेवा गरेका बरिष्ठ अधिकृत चालिसेका यस अघि श्री स्वस्थानी ब्रतकथा

महाकाव्य(२०७७) सँगै विभिन्न पत्रपत्रिका, स्मारिकामा फुटकर लेख तथा रचनाहरू प्रकाशन भैसकेका छन् । विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरेका चालिसे कस्केली अधिकृत समाजको कार्यसमिति सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->