बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

होली मनाउदै फेवा किनारमा झुमे पर्यटक

होली मनाउदै फेवा किनारमा झुमे पर्यटक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७९, सोमबार

पोखरा / फागु पूर्णिमाको अवसरमा फेवाताल किनारमा रंगको पर्व मनाउँदै पर्यटक झुमेका छन्। पोखराको लेकसाइडमा नेपालीसँगै पर्यटकले एक आपसका विभिन्न रंग दलेर नेपाली संस्कृतिक चाड फागु पूर्णिमा मनाएका हुन् ।

विगत १० वर्षदेखि होली फेष्टिभल मनाउँदै आएको पोखराको रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा भएको महोत्सवमा विदेशी पर्यटक रमाएका छन्।

विगत वर्षभन्दा यो वर्ष धेरै पर्यटक आएको रेवानले जनाएको छ। पर्यटकलाई फागु पूर्णिमा मनाउन पोखरा जानु पर्छ भन्ने सन्देश दिन होली फेष्टिभल आयोजना गरिदै आएको रेवान पोखराका उपाध्यक्ष विश्वराज पौडेलले बताए।

पञ्चेबाजा बजाउँदै बाजाको तालमा एक आपसमा रंग लगाउँदै, नाचगान गर्दै पोखराको अम्मटबाट फेष्टिभल सुरु भएर हल्लन चोकमा पुगेको थियो। पोखरालाई होली फेष्टिभल मनाउने गन्तव्यको रुपमा विकास गर्न होली फेष्टिभल मनाउँदै आएको फेष्टिभलमा संयोजक विरेन थकालीले बताए। यस वर्ष गत वर्ष भन्दा बढि विदेशी पर्यटक देखिए पनि आन्तरिक पर्यटकको आगमन भने कम भएको उनले सुनाए ।

लेकसाइडमा सेन्टरप्वाइन्टमा भएको डिजे र लाइभ कन्सर्टमा पर्यटक रंग लगाउँलै नाँचगान गरेका थिए । होलीमा विभिन्न रंगले रंगिएर भारतीय, कोरियन, जापानीज, युरोपीयन, अमेरिकन पर्यटक रमाएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->