रङ, गालाभरी
मेरो साथिभाईले दलिदिए
रङ…रातो, सेतो, पहेँलो, हरियो
कति हो कति हो
अनुहार भरि भरिदिए
रङ गालाभरी
मेरो साथिभाईले दलिदिए
अहो! म त घरपनि पुग्नुपर्छ
रङ्ग हराएको मेरो परिवारमा
के अर्थ र रङको ?
जुन, साथिभाईले दलिदिए
म त घरपनि पुग्नुपर्छ
राम्रै हुन्थ्यो कोहि आई
अनुहार पुछिदिए॥
रङ..मेरो गालाभरी टाँसिएका
यस्तै अरु पनि छन्,
जुन मुटुभरी गाँसिएका।
साथिभाईले दलिदिएको रङ
परिवार अगाडि परिदिए
सबैको अनुहार बेरङ् हुदाँहुन्।
युद्दमा रगतले छोपेको छोरो
देखेकि आमालाई,
मेरो अनुहारमा , रा..तो रङ?
आमा! साथिभाईले दलिदिए।
रात दिन छोराको वियोगमा,
थलिएर गएको बुबाको श्राद्दमा
पहेँलो केसरी मुछेकि आमालाई
पहेँ..लो रङ?
आमा! साथिभाईले दलिदिए।
शान्ति फर्काउने आशमा
ज्वाईको बलिदानले
सेतो कपडा ओढाईदिएको
मेरो बहिनीलाई
से…तो रङ?
बहिनि ! साथिभाईले दलिदिए।
भाईटिकाको सबै रङका
बाहाना फेरिए
रातो रक्तपात
पहेँलो केशरी
सेतो कपडा
हरियो चुरा
चाहाना त भाईटिका
र होलिकाका हुदाँहुन्
तर सबै रङका बाहाना फेरिए
रङ मेरो गाला भरी साथिभाईले दलिदिए
रङ्ग हराएको मेरो परिवारमा
के अर्थ र रङको
राम्रै हुन्थ्यो कोही आई पुछिदिए॥
****************************** *
स्याङ्जा, ९८४६१७३८९८
स्याङ्जा, ९८४६१७३८९८





