पोखरा/उपचारको नाममा ठगी गरेको आरोपमा पोखरामा एक व्यवसायी पक्राउ परेका छन् । टिकटक लाईभबाटै सबै रोग निको पार्ने भन्दै सेवाग्राहीबाट अबैधानिक तरिकाले रकम असुलेको आरोपमा पोखरा उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका व्यवसायी भरत केसी पक्राउ परेका हुन् ।
केसीले सिमान्त गुरु नाम गरेका गुरुले टिकटक लाईभबाटै जुनसुकै रोगको उपचार गर्ने भन्दै सेवाग्राहीबाट जनही एक हजार रुपैयाँ असुलेको आरोप छ । जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीको टोलीले उनलाई पोखरा–१७ स्थित पावरहाउस रिसोर्टबाट पक्राउ गरेको हो । रिसोर्टमा ७० जनाभन्दा बढी सेवाग्राहीको सहभागिता रहेको थियो । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।




