बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मध्यनेपाल साकोसको रजत वर्ष, रक्तदान र स्वास्थ्य शिविर

मध्यनेपाल साकोसको रजत वर्ष, रक्तदान र स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७९, आइतबार

नवलपुर/ मध्यनेपाल साकोसले रजत वर्षको अवसरमा रक्तदान एवं स्त्रीरोग परीक्षण शिविर आयोजना ग¥यो नवलपुरको देवचुली –२ दुम्कौली मा रक्तदान र वडा नंबर ११ पृथ्वीनगरमा निशुल्क स्त्रीरोग परीक्षण गरिएको हो ।

शनिबार भएको रक्तदानमा २७ जनाले रगत दिएका थिए भने ५२ जनाले स्त्रीरोगसँग सम्बन्धित पाठेघर परिक्षण गराए ।

दिव्यपुरी सेवा केन्द्रका संयोजक विनोद सिलवालको अध्यक्षता र वडा नं. २ का वडाध्यक्ष शरदप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा १० महिला र १७ पुरुषले रगत दिएका जनाइएको छ ।

यस्तै, सूर्यकिरण आधारभूत विद्यालयमा चलेको निशुल्क शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रमेश पौडेलसहितको टोलीले चेकजाँच गरेका थिए । विशेषतः पाठेघरको मुखको क्यान्सर चेकजाच गर्दा कसैमा पनि जटिल समस्या नदेखिएकाले परिक्षण गराएकाको स्वास्थ्य स्थिति राम्रो पाइएको डा. पौडेलले बताए । उनका अनुसार प्रजनन् उमेरका हरेक महिलाले तीन–तीन वर्षमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी नियमित परीक्षण गर्नुपर्ने सुझाए ।

दुवै कार्यक्रममा साकोस सञ्चालक समितिका पदाधिकारी, अधिकांश सदस्य, विभिन्न उपसमिति का पदाधिकारी, कर्मचारी, सेवा केन्द्रका पदाधिकारीको उपस्थिति थियो । रक्तदान कार्यक्रमलाई रेडक्रस सोसाइटी कावासोती उपशाखाको प्राविधिक सहितको टोली तथा स्वास्थ्य शिविरमा मौलाकालिका अस्पताल भरतपुरका विषेशज्ञ डाक्टर सहितको टोलीले समन्वयात्मक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->