बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्योग व्यवसायी फस्टाउने आधार राजनैतिक स्थिरता हो : प्रदेश प्रमुख

उद्योग व्यवसायी फस्टाउने आधार राजनैतिक स्थिरता हो : प्रदेश प्रमुख

ढोरपाटन समाचार प्रमुख मिश्र सम्मानित ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७९, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताएका छन् । राजनैतिक स्थिरता नभएसम्म देशमा कुनैपनि उद्योग तथा पँुजीकर्ताले लगानी गर्न नसक्ने बताउँदै गुरुङले उक्त कुरा बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको छैटौं प्रदेशसभामा बोल्दै गुरुङले विकसित मुलकमा राजनैति स्थायित्व संग नेतृत्व लिने नेतामा सिर्जनशिल क्षमता भएकाले संवृद्धि हासिल गर्न सकेको सुनाउँदै नेपालमा भने अस्थिरताका कारण सबै क्षेत्र डुबानमा परेको स्पष्ट पारे ।

उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे । ‘उद्योग व्यवसाय फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता हो । राजनैतिक स्थिरता भयो भने स्वदेशीसंगै विदेशी पुँजीकर्तासमेत लगानी गर्न डराउँदैनन् ।

तपाईँहरुकै कारण लाखौंले नेपालमा रोजगार पाइरहेका छन्’ उनले भने,‘विश्वका विकसित राष्ट्रहरुलाई हेर्ने हो भने राज्य संचालन गर्ने नेताको सिर्जनशिलताले उद्योग व्यवसाय फस्टाएका छन् र देशको अर्थतन्त्र उकासिएको छ तर हाम्रो जस्तो मुलुकमा अस्थिरताका कारण केहि पनि हुन सकिरहेको छैन् ।’ उनका अनुसार देशमा स्थाईत्व हुनेगरी सरकार बनेमा लगानीकर्ताले समेत ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए । उनले अहिले सरकार परिवर्तन हुँदै गर्दा नीति समेत परिवर्तन हुनाले निकै ठूलो समस्या खेप्न बाध्य भएको बताए । विशेषगरी पछिल्लो समय बैंकले ब्याजदर वृद्धि गर्दा उद्योग तथा व्यवसायीहरु मारमा परेको र सन्तुष्ट हुने वातावरण छैन् । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम स्थानमा रहेपनि उद्योग व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको बताए । उनले अब गण्डकी प्रदेश सरकार उत्पादनसंग जोडिनुपर्नेमा जोड दिए ।

अब गण्डकी प्रदेशमै आयातित सामानलाई प्रतिस्थापन गर्नेगरी स्थानीय स्तरमै उत्पादन गरी बजारमा ल्याउन उद्योग तथा व्यवसायीलाई आग्रह गरे । ‘गण्डकी प्रदेशको स्थिति हेर्ने हो भने सामाजिक क्षेत्रमा अग्रस्थानमा छ तर उद्योग व्यवसायमा भने पछारी रहेको छ’ उनले भने,‘गण्डकी प्रदेशले उत्पादन मुलक क्षेत्रमा ध्यान दिन जरुरी छ त्यसका लागि तपाईँहरु आफैले उत्पादन गर्नुस भन्ने आग्रह गर्दछु । यहि उत्पादन गरेर विक्रि गरौं ।’ उनले गण्डकीमा सडक पूर्वाधारसंग अब उद्योग पूर्वाधारलाई समेत अघि बढाउनुपर्ने बताए । उनले गण्डकीमा सुरक्षित औद्योगिकीकरण सुरु भएकाले लगानीकर्ता तथा उद्योगपतिलाई गण्डकीमै ठूला उद्योग खोल्न आग्रह गरे । साथै अहिले बंैकहरुले लिएको चर्को ब्याजदरको विषयमा आफै बसेर छलफल गरी समस्याको समाधान निकाल्न समेत सुझाव दिए । गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसिले उद्योग व्यवसायी र राज्य एकअर्का संग जोडिएको क्षेत्र रहेको बताए ।

उनले अहिलेको स्थितिमा एकले अर्कोलाई समस्या सुनाउने स्थिति बाहेक अन्य विकल्प नबनेको बताए । गण्डकी प्रदेश सरकारसंग आवश्यक अधिकार नहुँदा उद्योग, व्यवसायी तथा व्यापारीको मर्का सुन्ने र संघ सरकारलाई गुनासो सुनाइदिने काम मात्रै गर्न परेको बताए ।

नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले राज्य आर्थिक धरातलमा दिनप्रतिदिन फस्दै गएको बताउँदै यसको रोकथामका लागि राज्य निरिह देखिएको स्पष्ट पारे । राज्यले राजस्व चुहावट र कर छलिका कारण आन्तरिक ऋण लिन बाध्य भएको बताए । राज्यले उचित नीतिको व्यवस्था नगर्दा उद्योग व्यवसायीको मात्र नभई समग्र राज्यकै अर्थतन्त्र धरासायी बनेको उनको भनाइ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब कोइरालाले बैंक तथा वित्तीय संस्थाले कर्जामा गरेको ब्याज वृद्धि तथा अव्यवहारिक चालु पुँजी कर्जा निर्देशिकाका कारण यो वर्ष सिंगो निजी क्षेत्र प्रताडित बनेको बताए । आफुहरुले पटक –पटक सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएपनि मागको सुनुवाई नभएको गुनासो पोखे । उनले महासंगको मुख्य चासो उद्योग व्यवसायीमैत्र वातावरण रहेको सुनाए ।

राज्यलाई कर तिरेर समेत आफुहरुले सहज रुपमा सामग्रीहरु विक्रि गर्न नपाएको बताए । ‘राज्यलाई कर तिरेर निश्चित ठाउँमा मदिरा र मनोरञ्जन प्रदान गर्न पर्यटन उद्योगको धर्म हो । तर रातको समयमा मदिरा र अन्य अत्यावश्यक सामग्रीका पसलहरु खुल्न पाइदैन’ उनले भने,‘देशका मुख्य पर्यटकीय केन्द्रहरु ठमेल, लेकसाइड, सौराह, नवलपुर लगायतका निश्चित मापदण्ड कायम सहज विक्रि वितरणको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाइ, पुर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राखेका थिए ।

 प्रमुख  मिश्र सम्मानित

यस ढोरपाटन दैनिकका समाचार प्रमुख बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट नीजि क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै संस्थाका सचिवालय कर्मचारी समेत रहेका पत्रकार मिश्रलाई नगद सहित सम्मान गरिएको हो ।

मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो । पत्रकार मिश्रसंगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकाल देखी नै संस्थामा योगदान दिएका मोति प्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको हो । यस्तै महासंगले उत्कृष्ट शाखाको रुपमा गैडाकोट उद्योग वाणिज्य संघलाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->