बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको घरपझोङ पालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा

मुस्ताङको घरपझोङ पालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७९, मंगलबार

मुस्ताङ / हिमालवारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको निर्माणाधीन भवनको काम ९५ प्रतिशत सकिएको छ ।

बेनी-जोमसोम मुख्य सडक मार्गको पश्चिमतर्फ गाउँपालिकाको ३ तले प्रशासकीय भवन बन्दै छ । २०७७/०७८ मा गाउँपालिकाले भवन बनाउन सुरु गरेको थियो । चालु वर्षको भदौमा सम्झौता अवधि सकिएकाले फिनिसिङका केही काम गर्ने गरी म्याद थपको प्रक्रिया जारी छ ।

संघीय तथा प्रदेश सरकारको ६० प्रतिशत अनुदान र स्थानीय तहको ४० प्रतिशत बजेट साझेदारीमा प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकाले काम सुरु गरेको गाउँपालिकाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।

गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजार लागतमा डाँफे हरि सन्त जेभी मुस्ताङसँग ठेक्का सम्झौता गरी भवन निर्माणको कामअघि बढाएको हो । भवनको केही रंगरोगनसहित फिनिसिङको काम बाँकी रहेकाले केही महिनाभित्रै भवन निर्माणका सबै काम सकिने इन्जिनियर शर्माले बताए ।

यो प्रशासकीय भवनमा ३२ कोठा छन् । जसमा अध्यक्ष, उपाध्यक्षका कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समिति कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, पालिका अन्तर्गत सबै बिषयगत शाखाका अलग अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->