पोखरा/ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका नवनियुक्त अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
महासंघको छैटौं प्रदेश सभा तथा तेस्रो कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्षमा निर्वाचित अमृत भट्टचनसहितका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले मंगलबारबाट पदभार सम्हालेका ह्ुन् उनीहरुलाई महासंघ गण्डकीका निवर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले पदस्थापन गराए ।
महासंघ गण्डकीको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा अमृतप्रसाद भट्टचन, जिल्ल्ला नगर उद्योग वाणिज्य संघतर्फबाट उपाध्यक्षमा केदारनाथ शर्मा,एसोसियट उपाध्यक्षमा सूर्यबहादुर भुजेल,कोषाध्यक्षमा नवराज सुवेदी र कायसमिति सदस्यहरुमा हरिकुमार श्रेष्ठ,गोपी अधिकारी,केदारप्रसाद पराजुली,गुणराज सिलवाल,रामचन्द्र रेग्मी निर्वाचित भएका थिए ।
अध्यक्षमा शोभाकान्त पौडेल र अमृत भट्टचन उम्मेदवार रहेकोमा सहमतिको लागि उनीहरु अन्तिममा गोला पू्रथाबाट अध्यक्ष चुनिन राजी भएका थिथ्ए । गोलाप्रथाबाट भट्टचन अध्यक्ष भएका हुन् । कार्यसमितिको सदस्यमा रामकली खड्का,हरि शर्मा गैरे,सीता सुवेदी,झलकलाल श्रेष्ठ,काशी गुरुङ र दयाराम पौडेल चुनिएको महासंघ गण्डकीले जनाएको छ । समितिको सल्लाहकारमा श्रवणकुमार जोशी,लक्ष्मीप्रसाद त्रिपाठी,राजेश थापा,लिलाबहादुर अधिकारी र मोतिप्रसाद पौडेललाई मनोनित गरिएको छ ।
पदभार ग्रहण गर्दै अध्यक्ष भट्टचनले निजी क्षेत्रले भोगेका समस्या समाधानमा आफ्नो ध्यान केन्द्रीत हुने बताए । उनले निजी क्षेत्र पनि समाजको अंग भएकाले सामाजिक मुद्दा र उत्तरदायित्व बहनलाई पन िउत्तिकै प्राथमिकता दिने उद्घोष गरे । निवर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले अर्थतन्त्र संकुचनमा परेको बेला निजी क्षेत्रमाथि थप जिम्मेवारी र चुनौति आइपरेको बताए ।





