बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रवि रिमालको ‘साथी त्यो मेरो, चुतीया साले’ सार्वजनिक

रवि रिमालको ‘साथी त्यो मेरो, चुतीया साले’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७९, बिहिबार

नवलपुर / गायक रवि रिमालले नयाँ बर्षको अवसर पारेर ‘साथी त्यो मेरो, चुतीया साले’ नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन । यो म्युजिक भिडियो विहिवार सार्वजनिक भएको हो ।

रिमालले आफ्ना बालापनका साथीहरुलाई नयाँ बर्षमा भेट गराउने अपेक्षा सहित यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गितमा आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको छ ।

विभिन्न बिषय बस्तु, जीवनका घट्नाक्रमलाई गितसंगितको माध्यमबाट प्रस्तुत गर्न अव्वल गायक तथा सर्जक रिमालको यो गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरिएको छ ।

रिमालको आज सार्वजनिक भएको गितले बाल्य अवस्थाको सम्झना गराउदै आफ्नो बालापनको साथीहरुसंग सम्पर्क र आत्मीयता बढाउने अपेक्षा लिएको वताए ।

कुनै पनी उमेर समुह फर्किएर नआउने तर त्यतिबेलाका यादहरु भने सधै ताजा रहने भएकाले पनि यस गितले आफ्ना बालसखाको जिन्दगीलाई र यादहरुलाई ताजा बनाउने गायक रिमाल बताए ।

बहुचर्चित गीत ‘चरी उड्यो बादल छुनलाई’ पछी आफुले अहिलेसम्मा पछाडि फर्केर हेर्नु नपरेको बताउदै उनले निरन्तर आफ्नो सांगितिक यात्राालाई अगाडि बढाउन थप हौसला मिलेको बताए ।

गायक रवी कुमार रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ । एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ । नवलपुर र यस वरीपरीको क्षेत्रमा छायाँंकन गरिएको भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।

डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमालले पछिल्लो समयमा थुप्रै सांगितिक कार्यक्रमहरु देखिएका छन । गायन र संगीतसंगै उनले पछील्लो समय संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) पनि गर्न थालेका छन ।

आँफैले गरेको केही एरेन्जहरु बजारमा आईसकेको, केही आउने तयारीमा रहेको र दर्शक श्रोताबाट पनि राम्रो प्रतिकृया पाएकोले यस क्षेत्रमा क्रियाशिल भइरहन हौसला मिलेको रिमालले बताए ।

पुरा गित सुन्न र भिडियो हेर्न :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->