बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देश परदेशले चलाए पछि…

देश परदेशले चलाए पछि…


  • दुर्गालाल तिवारी
  • चैत्र १९ २०७९, आइतबार
मैले बोल्न पाएर के भयो र
देश लाटो बन्न परे पछि।
मैले हड्ताल गर्न पाएर के भयो र
देशका उद्योग धन्दा बन्द भए पछि।।
मैले लेख्न पाएर के भयो र
नेपाली संस्कार संस्कृति लोप भए पछि।
मैले कान फुट्ने गरि सुनेर के भयो र
ढाँट छल र गफाडी नेताले ढाँटेर बोले पछि।।
मैले रोजगारका कुरा सुनेर के भयो र
लाखौ युवा विदेश जानू परे पछि।
देशमा गणतन्त्र आएर के भयो र
सकार परतन्त्रले चलाए पछि।।
देश परदेशले चलाए पछि।।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->