बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा लेक लागि भारतिय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागि भारतिय पर्यटकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७९, आइतबार

पोखरा / मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ । शनिबार साढे ३ बजे मुक्तिनाथ दर्शनका लागि पुगेका भारतका ६४ वर्षिय वुङ्गा मुरारीको मृत्यु भएको हो ।

बारागुुङ मुक्तिक्षेत्र गाउँपालिका ३ स्थित मुक्तिनाथ परिसरको माथिल्लो गेटमा पुग्ने वित्तिकै उनको स्वासप्रस्वासमा समस्या देखिएको प्रहरीले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मुक्तिनाथ दर्शनका लागि उनीसहित २७ जनाको टोली आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->