बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आर्थिक मन्दीमा पनि सहकारी क्षेत्र सुरक्षित: नगरप्रमुख श्रेष्ठ

आर्थिक मन्दीमा पनि सहकारी क्षेत्र सुरक्षित: नगरप्रमुख श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७९, सोमबार

बागलुङ / बागलुङमा ६६ औं राष्ट्रिय सहकारी दिवश सोमबार मनाइएको छ । दर्जनौं सहकारी संस्थाक कर्मचारी, संचालक समिति र सहकारी अगुवा मिलेर दिवश मनाएका हुन् ।

दिवशको अबसरमा वृहत ¥यणलीले नगर परिक्रमा पनि गरेको थियो । केही दिनदेखि सरसफाइ लगायतका गतिविधि गरेका सहकारीले सोमबार मुल समारोह गरेका हुन् ।

मुल समारोह उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आर्थिक मन्दीले अन्यत्र असर गरेपनि सहकारी क्षेत्र सुरक्षित रहेको बताए । उनले अझै बागलुङका सहकारीले इमान्दार काम गरेकोले उनीहरुको अबस्थाबाट जनता डराउन नपर्ने बताए ।

सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन संचालक र कर्मचारीले इमान्दार पूर्वक काम गर्नुपर्ने श्रेष्ठको जोड थियो । ‘बजारमा देखिएको तरलता अभावले बित्तिय क्षेत्रमा सामान्य समस्या छ’ श्रेष्ठले भने, ‘तरपनि शेयर सदस्यलाई राम्रो सेवा दिनेमा बागलुङका सहकारी गनिएका छन् ।’

सहकारी संचालकहरुको नियत खराब भए मात्र समस्या आउने भन्दै श्रेष्ठले अहिले सम्म बागलुङका सहकारीमा अनियमिता गरेको नभेटेको बताए ।

नगर उपप्रमुख राजु खड्काले सहकारीलाई शेयर सदस्यमुखी बनाउने बित्तिकै समस्या हटेर जाने बताए । उक्त अबसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका संचालक दीपक गौतम, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्री लगायतले सहकारी क्षेत्रले देशको अर्थतन्त्रमा सुधार गरेको धारणा राखे ।

उनीहरुले सबै क्षेत्रमा हुने बिकृतिलाई काम गर्ने संस्थामा ल्याउन नमिल्ने पनि बताए । सहकारीको आन्तरिक सुशासनलाई व्यवस्थित बनाउन सकेमा धरासायी नहुने पनि उनीहरुको भनाइ थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत र बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा सहकारी संघ संस्थाका ब्यानर सहितको ¥यालीले बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->