मुस्ताङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याकमा धज्याङ्ग मेला तथा तारा खेल सम्पन्न भएको छ ।
यस्तै तारा खेलमा महिला र पुरुष गरी करीव ६० खेलाडीहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले संस्कृति संरक्षण गर्नु सबैको साझा कर्तव्य भएकाले धज्याङ्ग गीत र तारा खेलको प्रर्वद्घनका लागि आगामी दिनमा गाउँपालिकाले विशेष सहयोग गर्ने बताए ।
उपाध्यक्ष दिकी गुरुङले वारागुङ क्षेत्रमा धज्याङ पर्व र तारा खेलको विशेष महत्व भएकाले यसको संरक्षण गरीने बताए ।
गाउँ मुखिया जितेन्द्र कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं ५ का अध्यक्ष सुरेन्द्र गुरुङको स्वागत मन्तव्य र मेन्दोक गुरुङको सञ्चालनमा सम्पन्न भएका थियो ।





