बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिवाईसी सहकारी स्थापना दिवसमा वित्तिय सचेतना कार्यक्रम

सिवाईसी सहकारी स्थापना दिवसमा वित्तिय सचेतना कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७९, आइतबार

बागलुङ/ गण्डकी प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी मनाएको छ ।

मुलुकमा आर्थिक मन्दी छाईरहेको वेला शेयर सदस्यहरुलाई फरक रुपमा सन्देश दिन वित्तिय साक्षरता कार्यक्रमसहित स्थापना दिवस मनाइएको सिवाइसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए ।

सो अवसरमा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले नेपाल मै सबैभन्दा बढी सहकारी संस्थालाई एकिकृत गरी उत्कृष्ट सहकारी बन्न सफल भएको सिवाईसी सहकारी ब्राण्ड भएको र राज्यलाई सवैभन्दा बढि कर तिरेर उदाहरणीय भएको वताईन ।

बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले आयआर्जनको काममा मात्र नलागेर सहकारीले समाजका विभिन्न वर्गलाई आर्थिक रुपमा सभ्य र सुसंस्कृत उद्यमी बनाउने कार्यमा ध्यान दिनुपर्ने वताए ।

१४ बर्ष अघि स्थापना भएको यो सहकारीले आफ्नो स्थापना दिवस बागलुङ, पर्वत र म्याग्दी जिल्लामा रहेका २५ वटा सेवा केन्द्रमा सरसफाई, रक्तदान, बित्तिय साक्षरता कक्षा, शेयर सदस्य वृदि, सदस्यसंग भेटघाट कार्यक्रम गरी साताव्यापी रुपमा मनाएको जनाएको छ ।

साताब्यापी कार्यक्रमको अन्तिम दिन सहकारीको केन्द्रीय कार्यालय सदरमुकाम बागलुङबाट सहकारी सम्बन्धि चेतनामूलक नारा लगाएर नगर परिक्रमा गरेको थियो । २५ हजार शेयर सदस्य रहेको यो सहकारीको शेयर पुँजी ४० करोड र जगेडा कोष ७ करोड ६७ लाख रहेको अध्यक्ष शर्माले वताए ।

कुल बचत १ अर्ब ४६ करोड ६९ लाख कुल र संस्थागत पुँजी ८ करोड ४ लाख, कुल सम्पत्ति २ अर्व २ करोड ४४ लाख र ऋण लगानी १ अरब ५२ करोड रहेको र यसबाट १५० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले वताए।

सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकारीका हर्क पाँण्डेले र सञ्चालन सहसचिव सुवास आचार्यले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने तित्याङ सेवा केन्द्रलाई सम्मान गरिएको थियो भने सहकारीमा राम्रो कारोवार गर्ने संस्था र शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->