बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

त्रिवेणी–दुम्कीबास सडक छिट्टै विस्तार हुनेछ : मुख्यमन्त्री अधिकारी

त्रिवेणी–दुम्कीबास सडक छिट्टै विस्तार हुनेछ : मुख्यमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७९, सोमबार

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक छिट्टै विस्तार हुने बताएका छन् । प्रदेशसभा सदस्य, भौतिक मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख, मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रहरी प्रमुखसहितको टोली लिएर त्रिवेणी पुगेका उनले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताए ।

स्थानीयले बाटो विस्तारको कुरा पटक–पटक भए पनि काम नभएकाले तत्काल काम सुरु गराउन आग्रह गरेपछि मुख्यमन्त्री अधिकारीले सडकको काम छिट्टै सुरु गरिने आश्वासन दिएका हुन् ।

‘अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भएको थिएन । अहिले त्योसँगै आवश्यक काम अगाडि बढाउन सहमति बनेको छ‚ भोलिबाट नै आवश्यक कामहरू सुरु हुन्छ’, उनले भने‚ ‘यो बाटो प्रदेशको लाइफ लाइन हो, सुरुवातदेखि नै म लागिरहेको थिएँ । खास गरी निकुञ्ज क्षेत्रभित्र देखिएको समस्या अब टुङ्गिएको छ । अब वन्यजन्तुलाई कुनै असर नपर्ने गरी काम अगाडि बढाउने छौँ ।’

उनले आफूसँगै पुगेका सम्बन्धित कार्यालयका प्रमुखहरूलाई तत्कालै काम सुरु गर्न पनि निर्देशन दिए । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मुख्यमन्त्री अधिकारीले प्रदेशको लाइफ लाइनको रूपमा त्रिवेणीदेखि कोरला नाकासम्मको बाटो विस्तार गरिने बताएका थिए। उनले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सडक विस्तारका लागि सहमति पत्र दिन प्रदेश सरकारसँग निरन्तर पहल पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->