बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बैंकको ऋण तिर्दैनौं भन्ने माग हुनैसक्दैन: अर्थमन्त्री महत

बैंकको ऋण तिर्दैनौं भन्ने माग हुनैसक्दैन: अर्थमन्त्री महत


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७९, मंगलबार

काठमाडौं / अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले भने,  ‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन सक्दैन । अहिले अप्ठेरो पर्‍यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ ।’

ब्याजदरका विषय वा मौद्रिक नीतिमा टाइट गरिएका अन्य विषयलाई खुकुलो बनाउने सन्दर्भमा सरकारले राष्ट्र बैंकसँग परामर्श गरिरहेको उनले बताए । चाँडै नै लगानीका समस्या हल गरेर अर्थतन्त्र चलायमान गराउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

‘ऋण लिएकाले सहज रुपमा फिर्ता गर्न सक्ने वातावरण बनाउनु हाम्रो कोसिस हुन्छ’ महतले भने ‘घरजग्गामा देखिएको मन्दी, निर्माण क्षेत्रमा देखिएको मन्दी कम गरेर समग्र अर्थतन्त्र चलायमान अर्थतन्त्र बनाउनका लागि केन्द्रित हुनेछौं ।’ सरकार बजेटको दौरानमा रहेको भन्दै महतले अबका नीतिगत विषय, करका विषय वा मौद्रिक नीतिका सम्बन्धमा उद्योगी व्यवसायीका सुझावलाई समेट्दै सरकार अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->