बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा चितुवा मृत भेटियो

पर्वतमा चितुवा मृत भेटियो


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७९, बिहिबार

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ ।

दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधवार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो । सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन बन कार्यालय पर्वतमा खबर गरेका थिए ।

उद्धारको लागि पुगेको प्रहरी र बन कार्यालयका कर्मचारीहरूले चितुवाको बच्चा मृत रहेको पुष्टि गरेर डिभिजन बन कार्यालयमा ल्याएर त्यसको अन्त्येष्टी गरेका छन् । कार्यालय प्रमुख विष्णु अधिकारीले घाइते वा बिरामी अवस्थामा फेला परेको भएमा ज्यूँदै उद्धार गरेर उपचारको लागि पठाइने भए पनि यो चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिएको हो ।

चितुवा देखिने, भेटिने र समातिनेमा पर्वत जिल्ला ‘भाइरल’ नै छ भन्दा फरक पर्दैन । पछिल्लो समय गत चैत आठ गते सदरमुकाम कुश्मा बजारकै एक घरमा चितुवा पसेको थियो । डिभिजन बन कार्यालय कास्कीबाट आएको प्राविधिक सहितको टोलीले करिब छ घण्टापछि मात्रै घरबाट चितुवालाई खोरमा सारेर पोखरा लगेको थियो ।

त्यसअघि गत फागुन १९ गते फलेवास नगरपालिका घाइते अवस्थामा भेटिएको चितुवालाई काखमा बोकेर हिँडाएको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । स्थानीयवासीले डिभिजन बन कार्यालयमा बुझाएको उक्त चितुवा सोही दिन मरेको थियो। उक्त चितुवाले सोही दिन बिहान एक महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो ।

यस्तै २०७७ सालको असारमा सामाजिक सञ्जालभर पर्वत जिल्ला ‘भाइरल’ भएको थियो । सुरक्षाकर्मी र स्थानीय व्यक्तिहरू मिलेर एउटा सानो चितुवालाई सडकमा डो¥याएर हिँडिरहेको दृश्यले सबैलाई अचम्ममा पारेको थियो । सुरक्षाकर्मीले चितुवाको डोरी समातेका थिए भने अरू व्यक्तिहरू त्यसैको पछि पछि हिँडेका थिए त कोहीले चितुवासँग सेल्फी खिचेर पोस्ट गरेका थिए ।

त्यो चितुवा जिल्लाको जलजला गाउँपालिकाको लामाबगरमा साँझ चितुवा देखा परेको थियो । सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयले चितुवा देखे अनि नियन्त्रणमा लिए। पछि गाउँले, जनप्रतिनिधि र प्रहरी पुगे । मिलन चोक चौकीबाट गएको प्रहरीले आक्रामक शैलीको नदेखिएको चितुवालाई लामाबगरबाट बाख्राजस्तै डो¥याएर हिँडाउँदै मिलनचोकस्थित प्रहरी चौकी लगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->