शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी-रत्नेचौर सडक कालोपत्रेको काम सुरु, एक महिनामै सकिने

बेनी-रत्नेचौर सडक कालोपत्रेको काम सुरु, एक महिनामै सकिने


  • हरिकृष्ण गौतम
  • चैत्र ३० २०७९, बिहिबार

म्याग्दी/छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी–रत्नेचौर सडकखण्डको लामो समयदेखि रोकिएको कालोपत्रेको काम सुरू भएको छ । ठेकदारको लापरवाहीको कारणले रोकिएको बेनी–रत्नेचौर–बागलुङ सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको कामले तिब्रता पाएको छ ।

रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम बि.स २०७४ मा रु १३ करोड १५ लाखको लागतमा कालोपत्रको ठेक्का देव एण्ड सायर बिएन जेभीले लिएको थियो । कोरोना भाइरस, कामदारको अभाव र विभिन्न समस्या देखाउँदै ठेकेदारले काम रोकेपछि कालोपत्रेको तयारी गरिएको सडक अन्तिम समयमा रोकिएपछि अलपत्र परेपछि लगातारको ताकेतापछि काम सुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए ।

‘बैशाख महिनामै कालोपत्रेको काम हुन्छ,‘जिल्लाभित्र रोकिएका सबै काम धमाधम भइरहेको छ’ प्रमुख अधिकारीले भने । उनका अनुसार साढे तीन किलोमिटरको सडकमा विगतमा काम गरेकाले समेत काम गर्न सहज भएको छ । सडकखण्डमा कालोपत्रे नहुदाँ जताततै खाल्डाखुल्डी रकालोपत्रे गरिएको सडक समेत उप्किएकाले हिउँदाको समयमा धुलाम्मे र बर्खामा हिलाम्मे हुदाँ यात्रुलाई सास्ती हुने गरेको थियो ।

रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको बाँकी कालोपत्रे गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले अलपत्र योजनाहरु सुचारु गर्न पटकपटक दवाव समेत दिएका थिए । त्यस्तै बेनी नगरपालिका सहित गाउँपालिकाले समेत आफ्नो क्षेत्रमा रहेका प्रदेश र संघका अलपत्र योजनालाई पूर्णता दिन ताकेता गरेपछि अहिले जिल्लाका अलपत्र ठूला योजनाले गति लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->