बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एशोसिएट उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना विजयी

एशोसिएट उपाध्यक्षमा संघाइ प्यानलकी ज्योत्सना विजयी

जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । 


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७९, बिहिबार

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट तर्फको पाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । महासंघ निर्वाचन समितिका अनुसार श्रेष्ठले ८४६ मत मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना प्रतिस्पर्धी अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् ।

श्रेष्ठले आचार्यलाई ६५ मत मन्तरमा जितेकी हुन् । आचार्यले ७८१ मत प्राप्त गरेका छन् ।

जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । महासंघको उपाध्यक्षमा विजयी तीनै जना नयाँ अनुहार हुन् । अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->