बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महासंघको दोस्रो चरणको चुनाव २ बजेदेखि, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्दै

महासंघको दोस्रो चरणको चुनाव २ बजेदेखि, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्दै


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७९, बिहिबार

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

यी हुन् एसोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी उम्मेदवार

एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

यी हुन् एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी सदस्यहरु–

एशोसिएट जिल्ला नगर वस्तुगत
नाम मत नाम मत नाम मत
डा. रामशरण थपलिया १४४० नरेशलाल श्रेष्ठ ९१ मोहनप्रसाद श्रेष्ठ ९१
मनोज पौडेल १३७३ लिलेन्द्रप्रसाद प्रधान ८९ प्रयास कार्की ८८
आनन्द कुमार बगेरिया १३६४ हरिबहादुर कार्की ८२ अमरेशन चन्द बैदार ८१
अम्बिका प्रसाद पौडेल १३६३ शिव प्रसाद घिमिरे ८१ ताराबहादुर कार्की ८१
सुनिल नारायण श्रेष्ठ १३४२ अरनिको राजभण्डारी ७६ नवीन रिजाल ७९
सुशील थापा १३२९ डा. सुबोध कुमार गुप्ता ७५ कल्पना गैरे ७७
शैलेन्द्र गुरागाईं १३१५ रविन पुरी ७४ उमेश डालमिया ७३
राजेश कुमार अग्रवाल १३१२ नानीराज घिमिरे ७२ उज्जलप्रसाद कसजु ७२
हेमन्त गोल्छा १३०० भक्तबहादुर हमाल ७२ बेदबहादुर श्रेष्ठ ७२
देशबन्धु बस्नेत १२८४ शोभा ज्ञवाली ७२ अब्दुल बाहित मन्सुरी ७०
अविनाश बोहोरा १२७५ मनोज अधिकारी ६७ मन्जुकुमार श्रेष्ठ (कोजु) ७०
गोपाल खनाल १२६५ कमला श्रेष्ठ ६६ किशोरकुमार आचार्य ६९
उज्वल कुमार श्रेष्ठ ११९१ पशुपतिदेव पाण्डे ६५ केशवप्रसाद भण्डारी ६७
प्रवलजङ्ग पाण्डे ११२८ राजकुमार कार्की ६२ कृष्ण कटुवाल ६७
जुना माथेमा ९९१ पुष्पराज कुँवर ६६
शक्ति कुमार बेगानी ९८८ अनिलकृष्ण श्रेष्ठ ६४
सन्दिप कुमार अग्रवाल ९२५ गोकुल श्रेष्ठ ६४
ऋषी अग्रवाल ८८१ निरक केसी ६३
मुकुन्द प्रसाद तिमल्सिना ८४२

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->