बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्योग वाणिज्य महासंघ अध्यक्षमा बागलुङका चन्द्र

उद्योग वाणिज्य महासंघ अध्यक्षमा बागलुङका चन्द्र

आउँदो अध्यक्ष पनि पोखराकै अञ्जन ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८०, शुक्रबार

पोखरा/ बागलुङका चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिएका छन् । महासंघको बिहीबार सम्पन्न ५७ औं वार्षिक साधारण सभासँगै वरिष्ठ उपाध्यक्ष रहेका ढकालको काँधमा अध्यक्षको जिम्मेवारी आएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार अध्यक्ष शेखर गोल्छाले ढकाललाई अध्यक्षको रुपमा पदस्थापन गराएका हुन् ।

यता, महासंघको वरिष्ठ अर्थात् अबको तीन वर्षपछिको अध्यक्ष पनि गण्डकीले नै पाएको छ । पोखरामा जन्मेका तथा पोखरेली प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी हाउसका निर्देशक अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका छन् । पहिलो चरणमा अञ्जन, उमेश श्रेष्ठ र रामचन्द्र सांघाइबीच भएको त्रिपक्षीय प्रतिस्पर्धामा अञ्जन पहिलो नम्बरमा आएका थिए । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षले खसेको मतमध्ये ५१ प्रतिशत कटाउनुपर्ने प्रावधान अनुसार दोस्रो चरणको प्रतिस्पर्धाको लागि तयार रहेकै बेला उनी सर्वसम्मत बनेका हुन् । उमेशले वरिष्ठमा अञ्जनलाई स्वीकारेपछि दोस्रो चरणको चुनाव भएन ।

यसअघि पोखराका आनन्दराज मुल्मीले २०५४ सालमा महासंघको नेतृत्व लिएका थिए । केन्द्रीय सदस्यमा गण्डकीबाट प्रतिस्पर्धा गरेका विक्रान्तकुमार श्रेष्ठ, धर्म भण्डारी र छत्रधर आत्रेय भने केन्द्रीय सदस्य बन्न असफल रहे । भूगोलतर्फबाट गोरखाकाजीवनज्योति श्रेष्ठ, र युवराज राजभण्डारीले केन्द्रीय सदस्यको रुपमा महासंघमा आधा–आधा कार्यकाल प्रतिनिधित्व गर्नेछन् । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष अमृत भट्टचन स्वतः केन्द्रीय कार्यकारिणी सदस्य रहनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->