बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात

म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८०, शुक्रबार

म्याग्दी / ग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायीहरु खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीहरुलाई भने समस्या भएको मुक्तिनाथ दर्शनका लागि जानुभएका श्यामनारायण निरौलाले जानकारी दिए ।

म्याग्दीको गुर्जा लगाएत उच्च लेकाली क्षेत्रहरुमा हल्का हिमपात भएको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए ।
उता पाँचवटा स्थानीय तह रहेको मुस्ताङका सबै ठाउँमा वर्षा र हिमपात भएको जोमसोमका टीकाबहादुर शेरचनले बताए । उनका अनुसार उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङको लेतेसम्म नै हल्का हिमपात र वर्षा भएको हो ।

शुक्रबार बिहानैदेखिको निरन्तर वर्षा र उच्चलेंकमा भएको हिमपातका कारण पर्यटकहरु रमाइरहेका छन् । हिउँ जम्ने गरी भने हिमपात हुन नसकेको स्थानीय टेकबहादुर शिर्पालीले बताए ।

मुस्ताङको घरपझोङ,थासाङ गाउँपालिकाका लेकाली क्षेत्रहरुमा अहिले पनि (दिउँसो) हिमपात भइरहेको थासाङका टीका हिराचनले जानकारी दिए ।
त्यसैगरी वारागुङ मुक्तिक्षेत्रको कागबेनी देखि मुक्तिनाथक्षेत्र लगायतका उच्चलेंकका गाउँ खर्कहरुमा बिहानैदेखि वर्षासंगै हिमपात भएको जनाइएको छ ।

म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा पनि सामान्य हिमपात भएको स्थानीयले बताएका छन् । लामो खडेरी र एक सातादेखिको तुवाँलोका कारण प्रदुषित बनेको वातावरण वर्षा भए पछि सामान्य अवस्थामा फर्किने भएकोले स्थानीयवासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->