बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँभरको पृथ्वी राजमार्गमा भोलि यातायात ठप्प हुने

तनहुँभरको पृथ्वी राजमार्गमा भोलि यातायात ठप्प हुने


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८०, शनिबार

दमौली / तनहुँ-१ मा उपनिर्वाचनको मतदानका दिन अर्थात भोलि तनहुँभरको पृथ्वी राजमार्गमा यातायात ठप्प हुने भएका छन् । उपनिर्वाचनको मतदानका दिन बैशाख १० गते आइतबार निर्वाचन क्षेत्रभर नै सवै सवारी साधनको आवागमन रोकिने भएको छ ।

यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने तनहुँका प्रमुख जिल्ला अधिकारी छबी रिजालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी नचल्ने वताए । उनका अनुसार पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि मात्रै यात्रा गर्नु पर्नेछ ।

२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको थियो । रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->