बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल

लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल

अरुलाई चाकडी गर्नुभन्दा संस्थाप्रतिको दायित्व पुरा गर्नुपर्छ ।


  • राजाराम पौडेल
  • बैशाख १० २०८०, आइतबार

पोखरा/लोक दोहोरी गीत प्रतिष्ठानमा आर्थिक अनियमितता भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव घनश्याम रिजालले दावी गरेका छन् । शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको २०८० सालको भित्तेपात्रो विमोचन, बधाई ज्ञापन तथा शुभकामना आदाप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । आफूले सिधैं यसरी भन्दा तितो लागेपनि यो यथार्थ भएको उनले ठोकुवा गरें ।

‘मैले सिधैं भन्दै गर्दा अलिकति तितो लाग्ला तर यो यथार्थ हो । कुनै जिल्लामा, कुनै प्रदेशमा, वा म रहेकै केन्द्रिय कार्यसमितिमा आर्थिक रुपमा पारदर्शिता छैन’ उनले भने ।
व्यक्ति वा संस्था कति पारदर्शी छ भन्ने बुझ्नका लागि सबै आर्थिक पाटो हेरें पुग्ने उनले सुनाए । कोही व्यक्ति वा संस्था कति ठिक कति बेठिक भन्ने कुरा आर्थिक पारदर्शीतामा भरपर्छ । आर्थिक रुपमा पारदर्शी बन्न कार्यक्रम गर्नासाथ तुरुन्तै सचिवालय बैठक वा पूर्ण बैठक मार्फत आम्दानी खर्चको विवरण फछ्यौट गर्नुपर्छ । तर, त्यस्तो गरेको देखिदैन । गण्डकी प्रदेशका हिजोको निर्वतमान कार्यसमिति, वर्तमान कार्यसमिति वा पूर्व कार्यसमितिका केही आर्थिक पाटाहरु कहिलेकाँही बजारमा सुन्न पाइन्छ । अबको कार्यसमितिमा सुन्न नपरोस् । त्यो चाहना राखौं । यसको लागि केन्द्रबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको उनको प्रतिबद्धता थियो ।

यसका अलावा कतिपय जिल्लामा कल्याणकारी कोष स्थापना गर्ने भनेर भित्रि रुपमा पैसा माग्ने तर यसरी आएको पैसा संस्थासम्म आइनपुग्ने गुनासो आएको समेत उनले खुलाए । यसलाई अन्त्य गर्न केन्द्र लागेको भन्दै केन्द्रको निर्देशन बिना अब कुनै कार्यक्रम नर्गन आग्रह गरें । केन्द्रको पान नम्बर प्रयोग गरेर सबैतिर कारोबार हुँदा सम्स्या देखिएकोले शाखा दर्ता सम्बन्धित जिल्लामा गर्ने गरी केन्द्रले परिपत्र गर्न लागेको उनको भनाई थियो ।

हालै सम्पन्न केन्द्रको निर्वाचनमा गण्डकी प्रदेशको भुगोलबाट सचिव पदमा निर्वाचित भएका रिजालले झण्डै १७ वर्ष लामो यात्रामा गण्डकी प्रदेशका थोरै कार्यक्रममा मात्र बोल्ने अवसर पाउने गरेको समेत गुनासो पोखे । प्रतिष्ठानमा विगतदेखि चाकडी प्रथा समेत मौलाएको भन्दै अब त्यस्तो नगर्न सुझाए ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानमा चाकडी गर्ने प्रथा अलिकति बढी छ । अरुलाई चाकडी गर्नुभन्दा आफ्नो कामतर्फ लाग्नुहोला । काम राम्रो गरेमा संस्थाप्रतिको आर्कषण बढाउन सकिन्छ । सम्मान गर्नुपर्ने साथीलाई सम्मान गर्नुपर्छ तर बढी चाकडी ग¥यो भने चाकडी छोड्दाको दिनमा सबै सम्मानहरु गुम्छन् । उनले भने ।

निरन्तर गोजिबाट पैसा झिकेर संस्था चलाउन नसकिने भएको बैकल्पिक व्यवस्था खोज्नुपर्नेमा समेत उनको जोड छ । भावनामा नभएर विधानसम्मत संस्था चलाउनुपर्ने भन्दै विधान बमोजिमका काम गर्न जिल्ला प्रदेश स्वायत्त भएको प्रष्ट पारें । प्रतिष्ठान गण्डकी प्रदेश समितिले पूर्णता पाएकोले अब यसले तिव्र गतिमा आफ्ना कार्य गर्ने विश्वास गरें । कार्यक्रमहरु सञ्चालन गर्दा संस्थागत मर्यादाको ख्याल गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा प्रतिष्ठान गण्डकीले प्रकाशन गरेको २०८० सालको भित्रेपात्रो विमोचन गरियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले भित्रेपात्रो विमोचन गरेका थिए । कार्यक्रममा भनाई राख्दै प्रतिष्ठानका कुलपति ढकालले नेपाली लोक भाकाको संकलन संरक्षण तथा यसलाई उजागर गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लागिरहेको बताए । प्रतिष्ठानले गर्ने कार्यक्रममा आफूहरुले सहकार्य गर्दै आएको भन्दै यसलाई निरन्तरता दिने वाचा उनले गरें । ‘प्र्रतिष्ठानले गर्ने कार्यक्रममासहकार्य गर्दै आएका छौं, यो क्षेत्रलाई अगाडि बढाउने खालका प्रस्ताव लिएर आए सहकार्य गर्न तयार छौं’ कुलपति ढकालले भने ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष राजन कार्कीले आफ्नो कार्यकालबाट प्रतिष्ठानले खादा र मालाको प्रयोगलाई अन्त्य गरेको बताए । उनले पनि संस्थामा चाकडी प्रथा बढी चल्ने गरेको स्विकार गरे । यसलाई विस्तारै अन्त्य गर्ने उनको वाचा थियो । संस्थामा कित्ताकाट गर्ने चलन अझै भएको र आम जनमानसमा समेत प्रतिष्ठानमा राजनीति छ भन्ने बुझाई रहेकोले सबै मिलेर यसलाई चिर्दै जानुपर्ने उनले खुलाए ।

प्रतिष्ठान गण्डकीका संरक्षक याम गुरुङले संस्थामा राजनीतिक गन्ध आउन दिन नहुने भन्दै सचेत गराए ।
कार्यक्रममा राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकीका अध्यक्ष बसन्त बाँस्तोला, प्रतिष्ठान कास्की शाखा अध्यक्ष तुलसी क्षेत्री, प्रतिष्ठान गण्डकीका सल्लाहकार नेत्रपाणी बाँस्तोला, प्रथम उपाध्यक्ष दिलु लामा, सचिव राम्जी पौडेल लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा प्रतिष्ठानको केन्द्रिय समितिमा निर्वाचित पदाधिकारी तथा सदस्य तथा प्रतिष्ठान गण्डकीका संरक्षक र सल्लाहकारलाई समेत बधाई ज्ञापन गर्दै सम्मान समेत गरियो । हालै आफ्नो कार्यसमितिलाई पूर्णता दिएका कार्कीले प्रतिष्ठान गण्डकीको दोस्रो अधिवेशनमा पूर्ण परियारलाई पाँच मतान्तरले पराजित गर्दै अध्यक्ष जितेका थिए । निर्वाचित भएपश्चात कार्कीले पराजित बनेका परियारका योजनालाई समेत स्थान दिँदै समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेका थिए । तर, ठुलो संख्यामा सल्लाहकार चयन गर्दा परियार भने अटाएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->