पोखरा/ समूह चौधरी ग्रुपको सीजी डिजिटल को २२औं शाखा पोखरा खुलेको छ । सो समूहले आइतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सीजी डिजिटल को २२औ शाखाअर्चलबोट चोकमा सुरु गरेको हो ।
उक्त शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङ्गतथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले उद्घाटन गरे ।
सीजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु उपलव्ध छन् । एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामाग्रीहरु रहेका कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले जानकारी दिए ।





