बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्मचारीका लागी सराङ्गकोट सहकारीको क्षमता अभिवृद्धि तालिम

कर्मचारीका लागी सराङ्गकोट सहकारीको क्षमता अभिवृद्धि तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८०, शनिबार

पोखरा / सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । राष्ट्रिय सहकारी बैंकको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापन, नेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनका लागी तालिम दिएको हो ।

२०६४ मा स्थापना भएको यो सहकारीले स्थापनासँगै रेडियो सराङ्गकोटको सञ्चालन र बचत तथा ऋण कारोवार गर्दै आएको छ । हाल संस्थाका कुल कारोबार ६४ करोड, कर्जा लगानी ५५ करोड सहित पुँजी ७ करोड रहेको र संस्थाले सदस्य र समुदायमुखी सामाजिक कार्यहरु गर्दै आएको सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

तालिम कार्यक्रमको शुभारम्भ गर्दै पूर्वअध्यक्ष प्रेम बहादुर जिसीले सहकारीले दिने सेवामा शेयर सदस्यहरु एक हुनुपर्ने बताए । कार्यक्रममा सहकारी बैंक लेखनाथका प्रमुख सहजकर्ता सन्तोष घिमिरे, सल्लाहकार शोभियतबहादुर अधिकारी, रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेतले शुभकामना दिए ।

कार्यक्रममा संस्थाका सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, रेडियोका निर्देशक चिन्तामणि बाँस्तोला, शिक्षा समिति संयोजक जयराम पौडेल, कर्जा समिति सदस्य होमनाथ सिलवाल, व्यवस्थापक सुरेन्द्र थापा, लेखा प्रमुख ईश्वरी श्रेष्ठ, कर्जा शमखा प्रमुख सरिता पोडेल लगायतले तालिमको विविध पक्षका वारेमा आआफ्नो धारणा राखेका थिए । तालिममा संस्थाका सवै कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->