बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चैत्राष्टमी मेलामा ३५ लाख आम्दानी, ३ लाख बचत

चैत्राष्टमी मेलामा ३५ लाख आम्दानी, ३ लाख बचत


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८०, आइतबार

बागलुङ / कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो ।

मेलामा ३२ लाख ९८ हजार ९ सय ६३ रुपैयाँ खर्च र ३५ लाख ८६ हजार ९५ रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

मेलाका अवसरमा राष्ट्रिय लोक दोहोरीगीत, कालिका कप खुल्ला भलिबल, छेलो लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

अध्यक्ष खड्काका अनुसार अझै विभिन्न सहयोगदाताबाट ९ लाख चार हजार २ सय ९४ रुपैयाँ उठ्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->