मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८०, मंगलबार

काठमाडौं / नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा ढकाललाई  नियुक्त गरेको हो ।

नवीकरणीय ऊर्जा विषयमा थाइल्याण्डबाट स्नातकोत्तर गरेका ढकाल लामो समयदेखि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा नै कार्यरत थिए।

ऊर्जा मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा छनौट गर्न गत फागुन १४ गते प्रस्तावसहितको दरखास्त आव्हान गरेको थियो ।

सिफारिस समितिले उम्मेदवारको योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनासहितको प्रस्तावको मूल्यांकन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासमेतबाट तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस समितिको सिफारिसमा केन्द्रमै कार्यरत ढकालसहित डा. सूर्यकुमार सापकोटा र जल तथा ऊर्जा आयोग सचिवालयमा कार्यरत डा. किरण गौतम परेका थिए ।

सिफारिसमा परेकामध्ये मन्त्रिपरिषदले ढकाललाई नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीको कार्यकाल समाप्त भएपछि ढकाल नै निमित्त कार्यकारी निर्देशकका रूपमा केन्द्रमा कार्यरत थिए ।

केन्द्रले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत  नेपालमा नवीकरणीय/वैकल्पिक ऊर्जा प्रविधिको विकास र प्रवर्द्धन काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->