बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा कालिखोला-काँहुकोट अग्रानिक पदमार्ग बन्दै

पोखरामा कालिखोला-काँहुकोट अग्रानिक पदमार्ग बन्दै


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार

पोखरा/ पोखरा महानगरपालिका-११ कालिखोलादेखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्रानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गरे ।

कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्रानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताए । ‘पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भन्नुभयो, अव निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनहरूको स्वाद लिन सकिनेछ ।’

पोखरा बजार क्षेत्रमा घुम्नका लागि आउने पर्यटकहरूलाई काँहुकोेटसम्म पदयात्रा मार्फत जानका लागि यो उपयुक्त हुने आचार्यले विश्वास व्यक्त गरे । मर्नीङ वाक र इभिनिङ वाकमा जानेहरूका लागि पनि यो पदमार्ग सरल र सहज हुने महानगर प्रमुख आचार्यले बताए । पोखराको प्राकृतिक भ्युपोइन्टका रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवद्र्धनमा पदमार्ग निर्माणले महत्वपुर्ण सहयोग पुग्नेछ ।

निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतका अनुसार पदमार्ग स्थानीय कटिङ् डुङ्गाले निर्माण गरिनेछ । ६ इन्च अग्ला ४ हजार सिँढीहरू निर्माण गरिनेछन् । विभिन्न ४ स्थानमा कफि सप सहितका विश्राम स्थलहरू हुनेछन् । १० स्थानमा भ्यु पोइन्टहरु निर्माण गरिनेछन् । १० फिट चौडाइको पदमार्गको बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने अध्यक्ष बस्नेतले बताए ।

१ घण्टा १५ मिनेटमा पुग्न सकिने पदमार्गको सुरुवाती बिन्दु कालिखोलामा प्राकृतिक पौडी पोखरी निर्माण गरिने छ । पहिलो चरणमा ३० लाख बजेट विनियोजन भई काम भइरहेको पदमार्ग २०८० सालभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->