पोखरा / गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी मन्त्रिपरिषदको आईतवारको बैठकले पालुङटार-३ गोरखाका देवकोटालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
४० वर्षिय देवकोटाले दक्षिण कोरियाबाट विपद् व्यवस्थापनसहित भूगर्भशास्त्रमा पीएचडी गरेका छन् । उनी विपद् व्यवस्थापन, विकास योजना र विभिन्न अनुसन्धानमा क्रियाशील रहँदै आएका थिए ।
संविधानले दिएको म्यान्डेटअनुसार सीमाभित्र रहेर प्रदेश र संघीयतालाई बलियो बनाउने काममा लाग्ने देवकोटाले बताए । उनले भने, ‘प्रदेशमा पर्यटन, दिगो कृषि र जलस्रोतको उपयोगलाई कसरी बढाउने भन्ने विषयमा बढी केन्द्रित हुनेछु ।’
माध्यामिक र सरकारी शिक्षालाई पनि सुधार्नुपर्ने आवश्यकता रहेको देवकोटाले वताए । उनले भने, ‘प्रदेश सरकारको अधिकारको सीमामा रहेर काम गर्नेछु ।’





