बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटन एकीकृत विकास समिति गठन गर्न प्रधानमन्त्रीसंग बागलुङका सांसदहरुको माग

ढोरपाटन एकीकृत विकास समिति गठन गर्न प्रधानमन्त्रीसंग बागलुङका सांसदहरुको माग


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८०, बुधबार

बागलुङ / उत्तरगंगा जलविद्युत् आयोजना निर्माणको कामलाई अगाडि बढाउन माग गर्दै बागलुङका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् ।

८२८ मेगावाटको जलाशायुक्त उक्त आयोजनालाई बजेटमा समावेश गर्न माग गर्दै बागलुङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बागलुङ-१ बाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीको नेतृत्वमा गएको प्रतिनिधी सभा र प्रदेश सभाका सांसदहरुको टोलीले ‘ढोरपाटन एकीकृत विकास समिति’ गठन सम्बन्धी नीतिगत व्यवस्था गरी जलविद्युत् र अन्य विकासका पूर्वाधार निर्माण गर्न माग गरेका छन् ।

उत्तरगंगा देशकै सबैभन्दा ठूलो जलविद्युत् कम लागतमा निर्माण हुने राष्ट्रिय गौरवको आयोजना अध्ययनकै अवस्थामा रहेको र हालसम्म यसको काम अघि नबढेको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक दलहरुले पटक पटक बनाउने आश्वसन दिए पनि हालसम्म निर्माणको सुरुवात नभएपछि आफूहरु बाध्य भएर ज्ञापन पत्र बुझाउन परेको प्रदेश सांसद लिलावहादुर थापाले वताए ।
उनीहरुले यस क्षेत्रको पूर्वाधार विकासका लागि हालसम्म सम्भाव्यता अध्ययन नभएको र यस क्षेत्रमा बस्तीको विकास, कृषिको विकास, सिकार आरक्षको व्यवस्थापन, सडक निर्माण, चिडियाखाना निर्माण र हाई अल्टिट्युटको रङ्गशाला निर्माण गर्नको लागि ढोरपाटन एकीकृत विकास समिति गठनको माग गरेका छन् ।

जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुमध्य पहाडी लोकमार्ग, सालझण्डी–ढोरपाटन सडक, कालिगण्डकी करिडोर निर्माण गर्ने क्रममा निर्माण व्यवसायीबाट ढिलासुस्ती हुन गएकोले निर्माण कार्यलाई तीव्रता र प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सांसदहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->