बागलुड / प्रगति बहुउदेश्यीय सहकारी संस्था संस्था लिमिटेड बागलुडले सोमवार आफ्नो १७औ स्थापना दिवस मनाएको छ । संस्था स्थापना दिवसको अवसरमा अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमारले सवै शेयर सदस्य, सञ्चालक सदस्य, कर्मचारी र सो सहकारीलाई प्रत्यक्ष परोक्ष ररुपमा सहयोग गर्ने सवैलाई शुभकामना दिएका छन् ।
स्थापना दिवसको अवसर पारेर प्रगतिले बागलुड नगरपालिका-४ कुँडुलेमा रहेको श्री मुक्तिनाथ वेदविद्याश्रममा अध्ययनरत बटुकहरुका लागि खाद्यान्न सहयोग पनि गरेको छ । अध्यक्ष पौडेलसहितको टोली वेदविद्याश्रममा पुगेर चामल, दाल, तेल, चिनी, आटा, आलु र हरियो तरकारी फलफूल प्रदान गरेको हो ।

सो विद्यालयका वटुकहरुका लागि रु. १० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाका कोषाध्यक्ष तुलसीनाथ गौतम केशवले वताए ।
सो अवसरमा अध्यक्ष पौडेल, उपाध्यक्ष तोयानाथ गौतम, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्ष गौतम, सञ्चालक सदस्य बिजयराज पन्त, रन्जु शर्मा, निर्मला शर्मा गौतम, सल्लाहकार टिकाराम सापकोटा, प्रबन्धक मुना शर्माले सहकारीको स्थापना दिवस, पछिल्लो अवस्थामा सहकारीको भुमिका र वेदविद्याश्रमलाई दिएको सहयोगको वारेमा वोलेका थिए ।





