बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा-१५ ले युवाहरुलाई दियो कफी बनाउने तालिम

पोखरा-१५ ले युवाहरुलाई दियो कफी बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

पोखरा/ पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान गरेको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाईस्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् । पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताए ।

यस्तै, वडाले फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->