बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आज संघीय संसदमा बजेट प्रस्तुत हुँदै

आज संघीय संसदमा बजेट प्रस्तुत हुँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं/ सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नेछन् ।

उनले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->