पोखरा/ यामाहा ब्रान्डको स्कुटर रेजेट आर १२५ सी.सी.को पोखरामा माइलेज परीक्षण सम्पन्न भएको छ । यामाहाका लागि पोखराको आधिकारिक बिक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रालिले शनिबार माइलेज टेस्टको आयोजना गरेको हो । कम्पनीले दाबी गर्दै आएको नेपालभरको स्कुटर सेग्मेण्टमा सबैभन्दा उच्च माइलेज दिने स्कुटर भन्दै आएको कुरालाई सत्य साबित गर्न ४० जना रेजेट–आर १२५ सीसीका ग्राहकहरुलाई सहभागिता गराएको भिएमएडब्लु इन्टरप्राइजेज प्रालिका रिजनल म्यानेजर राम बोगटीले जानकरी दिए । उनका अनुसार पोखरा ९ नयाँबजार स्थित प्रालिको शोरुम अगाडीबाट सुरु भएको यात्रा पोखराका विभिन्न स्थान गरी २३ किलोमिटर परिक्रमा गरेको थियो ।
‘नयाँबजार शो रुम अघिबाट सुरु भएको हाम्रो यात्रा पोखराका विभिन्न चोकहरुको परिक्रमा गर्दै भुर्जुंग खोलास्थित गण्डकी रेन्बो ट्राउट फर्ममा पुगी २३ किमिको दूरीमा राइड आउट गरिएको थिया,े’ उनले भने, ‘गण्डकी रेन्बो ट्राउट फर्ममा पुगेर विभिन्न रमाइलो कार्यक्रम तथा हालसालै बिक्री–बितरणको लागि थालनी गरिएको नयाँ स्कुटर रेजेट–आर हाइब्रिड १२५ सीसीको जानकारी समेत दिएका थियौं ।’
विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा पाउन सकिने बताए । उनका अनुसार स्टाण्डर्ड, डिलक्स , प्रिमियम र प्रिमियम प्लस १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राममा प्राप्त छ । उल्लेखनीय रूपमा हल्का युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन, र २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधाहरू छन् ।
स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँने उनले जानकारी दिए । उक्त २३ किमिको माइलेज टेस्टमा बसन्त अधिकारीले ७८.९० कि.मि. प्रति लिटर माईलेजका साथ प्रथम भएका थिए । अर्जुन पुलामी मगर ७७.७४ कि.मि. प्रति लिटर माईलेजका साथ दोस्रो र राम प्रसाद ढकाल ७४.६० कि.मि. प्रति लिटर माईलेजका साथ तेस्रो भएको रिजनल म्यानेजर बोगटीले जानकररु दिए । कम्पनीले नयाँबजारको शोरुममा आइतबारदेखी २६ गतेसम्म यामाहा एक्सचेन्ज मेलाको आयोजना गरेको समेत बताए ।




