पोखरा/ सुजल डेरीको लोकप्रिय उत्पादन सफल दहीलाई नयाँ नारासहित उपभोक्ता माझ ल्याइएको छ । व्यस्त दैनिकी र भाग–दौडबीचको दैनिकीलाई सन्तुलित बनाउन सफल दहीले पोषणसहित सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीले शुद्ध गाई तथा भैँसीको दूधलाई उच्चस्तरीय प्रविधिद्वारा प्रशोधन गरि बनाइएको बाक्लो र मलायदार सफल दही उपभोगमा सजिलो एवं छिटो हुने जानकारी गराएको छ ।
‘तपाईं र तपाईंको परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही छ,’ सुजल डेरीले भनेको छ, ‘खाँदा मिठो र स्वास्थ्यको लागि फाइदाजनक हुनु यसको विशेषता हो ।
दहीमा रहेको क्याल्सियम, प्रोटिन र भिटामिले हुर्कँदै गरेका बालबालिकादेखि वयस्क र वृद्धवृद्धालाई पनि उत्तिकै लाभ पु¥याउँछ ।’ दही सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने पनि दाबी गरिएको छ । व्यस्त दैनिकीमा रहेका गृहिणीलाई दैनिक खानासँगै सफल दही मिसाउन पनि सुझाएको छ ।





