बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीको बजेट साढे ३३ अर्ब

गण्डकीको बजेट साढे ३३ अर्ब


  • ढोरपाटन संवाददाता
  • असार १ २०८०, शुक्रबार

बागलुङ/ गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।

योे बजेट चालु आथिर्क बर्षको बजेट भन्दा झण्डै तीन अर्बले कम बजेट हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको थियो ।

चालूतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख विनियोजन गरिएको छ । आलेले उनले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->