बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड पुँजीगततर्फ ६०.४ प्रतिशत विनियोजन (पूर्णपाठ सहित)

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड पुँजीगततर्फ ६०.४ प्रतिशत विनियोजन (पूर्णपाठ सहित)


  • ढोरपाटन संवाददाता
  • असार १ २०८०, शुक्रबार

पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय-व्यय विवरण ( बजेट) पेश गरेको छ ।

यो चालु आर्थिक वर्षको भन्दा कम हो । चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । संघ सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान घट्दा र आन्तरिक राजश्व वृद्धि नहुँदा प्रदेश सरकारको बजेट खुम्चिएको हो ।

गण्डकीका अर्थमन्त्री जीतबहादुर आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल बजेटको ३८.१ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ कुल बजेटको ६०।४ प्रतिशत अर्थात् २० अर्ब १९ करोड ४ लाख ६२ हजार छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ १.५ प्रतिशत अर्थात् ५० करोड विनियोजित छ ।

बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट समानीकरण ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाटबाट ९ अर्ब ५ करोड ३२ लाख,रोयल्टी बाँडफाटबाट ४० करोड ८ लाख १६ हजार, ससर्त अनुदानबाट ४ अर्ब ९४ करोड १५ लाख, विशेष अनुदानमा ७४ करोड प्राप्त हुने जनाइएको छ ।

यस्तै आन्तरिक स्रोतबाट सरकारले ५ अर्ब १६ करोड ९१ लाख ९४ हजार प्राप्त हुने अनुमान गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष करिब ३ अर्ब खर्च नहुने र बाँकी १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत् उठाउने घोषणा गरेको छ ।

सरकारले आगामी वर्ष १७ करोड ५० हजार सञ्चिति कोषमाथि व्ययभार हुने आँकलन गरेको छ ।

पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्  बजेट-बक्तव्य-२०८०.८१

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->