शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा सुन्तला रोपण अभियान, कृषि मन्त्रीले गरे शुभारम्भ

स्याङ्जामा सुन्तला रोपण अभियान, कृषि मन्त्रीले गरे शुभारम्भ


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

स्याङ्जा/ नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले किसानको मुख्य समस्याको रुपमा रहेका बाँदर समस्या समाधानकालागि सरकारले योजना बनाएको जिकिर गरेका छन् । यद्यपि, उनले योजनाबारे विस्तृत भने बताएनन् ।

उनी आइतबार स्याङजाको भिरकोट नगरपालिका ५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर्दै थिए । परियोजना कार्यान्वयन ईकाई स्याङजाको पहलमा भएको सुन्तला रोपण अभियानमा चार हजार सुन्तलाको विरुवा रोपण गरिनेछ ।

भुषालले आर्थिक आम्दानीकालागि माछा, बाख्रा र कुखुरा पालन, सुन्तला, कागती र व्यावसायिक तरकारी खेतीको विस्तार एवं व्यावसायिकरणमा तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाँझो जमिनलाई व्यवस्थित गरी व्यावसायिक कृषि गरेमा विदेश जान नपर्ने बताए । कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्मचार्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->