मुस्ताङमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि २५ करोड ६२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आईतबार १७ औं गाउँसभामा उपाध्यक्ष ढिकी गुरुङले आर्थिक वर्ष २०८०÷०८१ को लागि बजेट प्रस्तुत गरेकी हुन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयको सभाहलमा आयोजित नीति तथा कार्यक्रम र बजेट अधिवेशनमा उपाध्यक्ष ढिकी गुरुङले कुल बजेटको चालु खर्चतर्फ १६ करोड ५ लाख ४४ हजार र पुंजिगत विकास खर्चतर्फ ९ करोड ५६ लाख ३९ हजार रहेको जानकारी दिईन् । उनले प्रस्तुत गरेको कुल बजेटको ६२ दशमलव ६७ प्रतिशत र पुँजिगत विकास खर्चतर्फ ३७ दशमलव ३३ प्रतिशत रहेको छ ।
संघीय सरकारबाट प्राप्त अनुदान अन्तर्गत वित्तिय समानिकरण ६ करोड उनानब्बे लाख लाख, सर्शत अनुदान ७ करोड ७४ लाख, विशेष अनुदान १ करोड ५० लाख र राजश्व बाँडफाँडतर्फ ४ करोड २९ लाख रहेको बजेटमा उल्लेख छ ।
संघीय सरकारको अनुदान अन्तर्गत सर्शत पुँजिगत अनुदान १ कराृड ३३ लाख छभने चालुतर्फको सशर्त अनुदान ६ करोड ७१ लाख रहेको छ । यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष करिव ३५ लाख १० हजार राजश्व संकलन गर्ने लक्ष राखेको छ ।





