पोखरा/ पोखरामा उत्पादित ‘पोषिलो’ ब्राण्डको सातु शारीरिक व्यायाम गर्ने खेलाडीको लागि पनि उपयोगी रहेको कम्पनीले दाबी गरेको छ ।
परम्परागत रुपमा नेपालीले प्रयोग गर्र्दै आएको सातुलाई ‘ब्रान्डिङ’ गर्दै उत्पादित पौष्टिक आहारयुक्त सातु पौष्टिकता चाहने सबैको लागि उपयुक्त आहार रहेको पनि कम्पनीको दाबी छ । ‘सातुका प्रोडक्टहरु बच्चादेखि वयष्क र वृद्धासम्मका लागि उपयुक्त हुने गरी तयार पारेका छौं । शारीरिक व्यायाम गर्ने खेलाडी र गर्भवती महिलाका लागि पनि पोषिलो सातु उत्पादन गर्दैै आएका छौं,’ पोषिलो फुड्सका प्रवन्ध निर्देशक पृथ्वीकल्याण पराजुलीले भने,‘‘जसलाई जस्तो पोषणतत्व आवश्यक पर्छ सोहीअनुसार पोषिलो अन्न तथा खानेकुराको सम्मिश्रणबाट उत्पादन तयार पारेका छौं ।’
कम्पनीले मल्टीग्रेन सातु, नट्टी डिलाइट सातु, प्रोटिन प्लस सातु, न्यट्री प्लस सातु उत्पादन गर्दै आइरहेको उनले बताए । २ वर्षअघिबाट उत्पादन सुरु गरेको पोषिलोले नेपालका पोखरासहित विराटनगर, काठमाडौं, चितवन, बिर्तामोड, इटहरीलगायत सहरमा उत्पादनहरु पु¥याइरहेको र छिट्टै अन्तर्राष्ट्रिय सहरमा पु¥याउने घोषणा गरेको छ । यसैबीच कम्पनीले शारीरिक सुगठन खेलाडी सुकदेव कार्कीलाई कम्पनीको ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । कार्की फिटनेस इन्फ्लुएन्सर र ट्रेनर हुन् । एनवाई एफसी नेपाल नामक समूहबाट शारीरिक व्यायामबारे कार्कीले अभियान पनि चलाइरहेका छन् ।





