बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीमा कुल बजेटको ६६ प्रतिशत खर्च

गण्डकीमा कुल बजेटको ६६ प्रतिशत खर्च

अर्थको ८० र भौतिकको ५७ प्रतिशतमात्रै ।


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८०, बुधबार

पोखरा/ आर्थिक वर्ष २०७९/८० मा गण्डकीमा कुल बजेटको ६६.०७ प्रतिशत खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले दिएको तथ्यांक अनुसार कुल बजेट ३५ खर्ब ९० अर्ब ९० करोडको बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ निकासा तथा खर्च भएको छ ।

आथिर्क वर्षमा गण्डकी प्रदेशको चालुतर्फ १२ अर्ब ५५ करोड ७१ लाख ४९ हजार २०२ रुपैयाँ, पूँजीगत बजेट २२ अर्ब ८५ करोड १८ लाख ५० हजार ७९८ रुपैयाँ र वित्तीय व्यवस्थामा ५० करोड रुपैयाँ रहेको थियो । जसमध्ये चालुतर्फ ८अर्ब ४५ करोड ६९ लाख ८ हजार ५५५, पूँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १७७ रुपैयाँ खर्च भएको छ । कुल बजेटको चालुतर्फ ६७.३५ प्रतिशत र पूँजीगत तर्फ ६६.८२ प्रतिशत खर्च भएको लेखा अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूँजीगततर्फ ७५.३८ प्रतिशत मात्रै खर्च गरेको छ । यस्तै अर्थ मन्त्रालयले ८०.६७ प्रतिशत, पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८३.३१, भूमि व्यवस्था, कृषि,सहकारी तथा गरीबी निवारण मन्त्रालय ६६.९२, कानून मन्त्रालयले ३०.४५, आन्तरिक मामिलाले ८४.१४, बन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ८८.३१, भौतिक पुर्वाधार मन्त्रालयले ५७.४८, उर्जा, जलस्रोत तथा खानेपानीले ८५.४४, सामाजिक विकास मन्त्रालयले ८३.८३, युवा तथा खेलकुद मन्त्रालयले ७६.७९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६१.४९ प्रतिशत खर्च गरेका छन् ।

पूँजीगततर्फ ९९ लाख २६ हजार ३९७ अन्तिम बजेट रहेको अर्थमन्त्रालयले ८० लाख ७ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेका हो । पूँजीगतमै कुल १३ अर्ब ६० करोड ५९ लाख ८२ हजार रुपैयाँ रहेको भौतिक पुर्वाधार मन्त्रालयले ७ अर्ब ८२ करोड ६ लाख ३२ हजार १६५ रुपैयाँ खर्च गरेको छ ।

यस्तै ४१ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले ३४ करोड ८३ लाख २५ हजार २१६ रुपैयाँ, भूमि व्यवस्था, कृषि,सहकारी तथा गरीबी निवा मन्त्रालयको पूँजीगततर्फ १९ करोड २३ लाख ५० हजारमा १२ करोड ८७ लाख १८ हजार ४२७ रुपैयाँ, कानून मन्त्रालयको ३ करोड ५५ लाखमा १ करोड ८ लाख ९ हजार १६१ रुपैयाँ खर्च गरेको हो । आन्तरिक मामिलाको १६ करोड ८२ लाखमा, १४ करोड १५ लाख २८ हजार ९६९ रुपैयाँ खर्च भएको छ । वन, वातावरण तथा भूसंरक्षण ३९ करोड ६४ लाख ७० हजारमा ३५ करोड १ लाख २१ हजार ७३५ रुपैयाँ खर्च गरेको छ । उर्जा जलस्रोत तथा खानेपानीतर्फ ५ अर्ब ६५ करोड २६ लाख ५५ हजारमा ४ अर्ब ८२ करोड ९६ लाख ८५ हजार ६९१ रुपैयाँ, सामाजिक विकास मन्त्रालयतर्फ १ अर्ब ३२ करोड ४४ लाख ६८ हजारमा १ अर्ब ११ करोड २ लाख ५४ हजार ५९६ रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयतर्फ १६ करोड २७ लाख ५० हजारमा १२ करोड ४९ लाख ८२ हजार ४०९ रुपैयाँ खर्च भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको ५४ करोड ६७ लाख ७५ हजारमा ३३ करोड ६२ लाख २० हजार २७१ खर्च भएको हो ।

संघ तर्फको पूँजीगतमा ६० प्रतिशत मात्रै 

यस्तै संघ सरकारतर्फको कुल बजेटर्को ६० प्रतिशतमात्रै पूँजीगत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कास्की कोष नियन्त्रक युक्त शर्माले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७९÷०८० को असार २४ गते बेलुका १२ बजेसम्म कोलेनिका कास्कीबाट भएको निकासाको विवरणअनुसार २४ गते राति १२ बजेसम्म कुल ३१ अर्ब ८ करोड ३० लाख ४० हजार ३८२ रुपैयाँ निकासा भएको छ ।

जसअन्तर्गत पूँजीगततर्फ कास्की जिल्लामा ८ अर्ब ४४ करोड ४९ लाख ४९ हजार २९९ रुपैयाँ रहेकोमा निकासा भुक्तानी पाँच अर्ब १३ करोड ४० लाख ३४ हजार ७०६ रुपैयाँ निकासा भुक्तानी भएको छ । जुन कुल बजेटको ६० प्रतिशत खर्च हो ।

चालु तर्फ कुल बजेट २८ अर्ब ६८ करोड ४५ लाख ८ हजार १ ६५ रुपैयाँ मध्ये २५ अर्ब ९४ करोड ९७ लाख ९२ हजार ६७५ रुपैयाँ निकासा भुक्तानी भएको छ । प्रतिशतको हिसाबले वार्षिक बजेटको तुलनामा ९०.४ प्रतिशत निकासा भुक्तानी भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->