बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीको ऋण तिर्न स्थानीय तहको आग्रह

सहकारीको ऋण तिर्न स्थानीय तहको आग्रह


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८०, सोमबार

बागलुङ/ गण्डकी प्रदेशका स्थानीय तहले सहकारीको ऋण चुक्ता गर्न धमाधम सूचना प्रवाह गर्न थालेका छन् । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याका कारण ऋणीहरुले सहकारीको ऋण नतिर्दा थप संकट आउने भन्दै स्थानीय तहले नै सूचनामार्फत ऋणीहरुलाई नियमानुसारको साँवा र व्याज भुक्तानीका लागि आग्रह गरेका हुन् ।

पोखरा महानगरपालिकाले सहकारीको ऋण लिएका सबैलाई समयमै नियमानुसारको साँवा र व्याज भुक्तानीका लागि आग्रह गरेको छ । महानगरपालिकाले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक सूचना गर्दै ऋणीहरुलाई समयमा कर्जा भुक्तानीका लागि आग्रह गरेको हो । कर्जा लिएका शेयर सदस्यले कर्जा भुक्तानी नगर्दा सहकारीको कारोवारमा असन्तुलन आउने र बचतकर्ता शेयर सदस्य मर्कामा पर्ने महानगरले जनाएको छ ।

सहकारीमार्फत कर्जा लिएका व्यक्तिहरुबाटनै कर्जाको साँवा व्याज भुक्तानी नगर्न नपर्ने जस्ता अफवाहहरु फैलाउने काम भएकाले नियमानुसार गर्न र त्यसो नभए कानून बमोजिमको कारवाहि हुने चेतावनी समेत महानगरले दिएको छ ।
बागलुङको बागलुङ नगरपालिका र गलकोट नगरपापालिकाले पनि सहकारीको ऋण भुक्तानीका लागि सार्वजनिक सूचना प्रकाशन गरेका छन् । पछिल्लो समय केही सहकारी संस्थाहरुमा देखिएको समस्यालाई देखाउँदै ऋण तिर्न नपर्ने अफवाह फैलिएको भन्दै अफवाहका पछि नलाग्न नगरपालिकाहरुले आग्रह गरेका छन् ।

‘सहकारी संस्थामा बचत सदस्यको रकमबाटनै कर्जा प्रवाह हुने र ऋण सदस्यहरुले समयमा ऋण चुक्ता नगर्दा बचत फिर्तामा समस्या पैदा हुने, ऋणी सदस्यले समयमा ऋण चुक्ता नगर्दा कालान्तरमा आफ्नै लागि प्रत्युत्पादक हुने, व्यक्ति तथा संस्थाकै सामाजिक शाखमा गिरावट हुने हुँदा यस्ता कार्य बागलुङ नगरपालिका सहकारी ऐन २०७४ विपरीत हुन्,’ बागलुङ नगरपालिकाद्वारा प्रकाशित सूचनामा भनिएको छ– ‘प्रचलित कानून बमोजिम समयमै आफुले लिएको ऋणको साँवा व्याज रमक चुक्ता गरी असल ऋणिको पहिचान बनाउन तथा संस्थामा देखिएको वित्तिय समस्यालाई यथाशक्य चाँडो समाधान गर्न सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->