बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एयरपोर्टमा बरामद ‘ब्रेक सु’ सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

एयरपोर्टमा बरामद ‘ब्रेक सु’ सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८०, बिहिबार

काठमाडौं / नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने आचार्यले बताए । अहिले केन्द्रिय बैंकले सुनको पोका जोखेर राखिसकेको छ ।

पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्ने आचार्यले बताए । उनले भने, ‘विभागले वास्तविक सुन निकाल्दिन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढ्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->