बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघको हङकङ प्रतिनिधिमा अरुणा

पोउवा संघको हङकङ प्रतिनिधिमा अरुणा


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८०, शुक्रबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले अरुणा गुरुङलाई आफ्नो मानार्थ हङकङ प्रतिनिधि नियुक्त गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघको निर्णय अनुसार एनआरएन हङकङकी सल्लाहकारसमेत रहेकी गुरुङलाई प्रतिनिधिको जिम्मेवारी प्रदान गरेका ह्ुन् ।

अध्यक्ष प्रजापतिका अनुसार अब अरुणाले नेपाल च्याम्बर अफ कमर्स हङकङ तथा अन्य च्याम्बरले आयोजना गर्ने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्नेछन् । भगिनी सम्बन्ध कायम रहेको नेपाल च्याम्बर अफ कमर्ससँग सहकार्य गर्न अरुणाले विशेष भूमिका निर्वाह गर्ने अध्यक्ष प्रजापतिले जनाए । यसअघि अध्यक्ष प्रजापतिसहितको प्रतिनिधिमण्डलले नेपाल च्याम्बर अफ कमर्सं हङकङको १५ औं वार्षिकोत्सवमा विशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए । सो अवसरमा आपसी सहयोग आदान प्रदानसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->