बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा घरभाडा सरोकार समिति गठन

बागलुङमा घरभाडा सरोकार समिति गठन


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८०, शनिबार

बागलुङ/ घरभाडा लिएर बस्ने र घर भाडामा लगाउने जो कसैलाइ पर्ने समस्या समाधान गरी उचित निकासा दिने लक्ष्यले बागलुङमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति गठन भएको छ ।

घरबहाल सरोकार महासंघले जिल्ला समिति गठन गरेको हो । ‘सामाजिक सुरक्षा सहितको बहालकर घटाऊ, यसपालि न्यून करसहितको बहालदर बनाऊ’ भन्ने नाराका साथ महासंघले जिल्ला तहमा पनि समिति गठन गरेको हो ।

शुक्रवार भएको एक कार्यक्रममा सहभागिले घरबहाल दिनेले सही आम्दानीको अंक देखाएर राज्यलाई कर तिर्नुपर्ने र बहालमा लिनेले पनि म¥र्यादित भएर बस्नुपर्ने बताएका थिए । सम्झौता अनुसारको भाडा लिने र दिने गरेमा राज्यलाई तिर्ने कर समेत व्यवस्थित रुपमा संकलन हुने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव तथा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामलाल पौडेलले घरबहाल लगाउनेले पनि आम्दानीको पारदर्शीता देखाएर कर तिर्नुपर्ने बताए । उनले घरबहालमा लिनेले पनि सही समयमा तिर्नुपर्ने धारणा राखे ।

‘तिर्नेले समयमा नतिरेको, लिनेले पनि मनलाग्दी भाडा असुल गर्न खोज्दा समस्या आएका छन्,’ उनले भने, ‘मनलाग्दी भाडा बढाएर घर खाली गर्नु भन्दा केही प्रतिशत छुट दिएर नियमित घरमा बस्ने वातावरण बनाउन सके झन राम्रो हुनेछ ।’ चर्को भाडा भनेर घर खाली हुने अबस्था नबनाउन उनले आग्रह गरेका थिए ।

बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेलले घर भाडा लिने र दिनेको सम्झौता यकिन भएमा नगरपालिकाले कर संकलनमा पनि सहज हुने बताए । उनले नगरपालिकालाई छल्न खोज्ने, तर भाडामा बस्नेबाट बढी रकम असुल गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरेका थिए ।

व्यवसायी ललिता थापाको अध्यक्षता, महासंघका महासचिव कृष्ण चापागाईंको संचालन र कोषाध्यक्ष राजु सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका द्वितिय उपाध्यक्ष संजयकुमार श्रेष्ठ, महासंघका कमलप्रसाद नेपाली, होटल व्यवसायी महासंघ बागलुङका अध्यक्ष निलेस राजभण्डारी, हार्डवेयर व्यवसायी डिल्ली गौतम, लगायतले बोलेका थिए ।

शुक्रवार भएको भेलाले रामचन्द्र शर्माको अध्यक्षतामा महासंघ तदर्थ समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा ललिता थापा, उपाध्यक्षमा शिवशंकर शाह, सचिवमा गोकुल कंडेल, कोषाध्यक्षमा डिल्ली गौतम रहेका छन् । सदस्यहरुमा रामबहादुर बिक, दिपा पाइजा घर्ती, प्रेमकुमारी श्रीष, कविता बस्नेत, सविता आचार्य र रामप्रसाद सुवेदी छन् ।

समितिले जिल्ला तहमा पनि घरभाडा दिने र घरभाडामा लिने बीचका समस्या समाधान गर्ने र सामन्जस्यता कायम गराउने काममा सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->